असार २३, २०८२ सोमबार July 7, 2025

खाडी र मलेसियाबाट मंगलबार मात्रै ११ सय ७४ जना स्वदेश आइपुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खाडी र मलेसियाबाट मंगलबार विभिन्न सात उडानमार्फत ११ सय ७४ जना नेपाली स्वदेश आइपुगेका छन् ।

कुवेतबाट तीन उडानमार्फत ४६८ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४९ जना र आममाफीमा सहभागी ३१९ जना जजिरा एअरको दुई उडानमार्फत आज स्वदेश फर्किएका हुन् ।

यस्तै आज साउदीबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । नेपाल एअरलान्सको चार्टर्ड उडानमार्फत साउदीको रियादबाट २५२ जना र हिमालयको चार्टर्ड उडानमार्फत दमामबाट १५४ जना घर फर्किएका हुन् । दमामबाट २ र रियादबाट १ जना नेपालीको शव पनि ल्याइएको छ ।

हिमालय एअरलाइन्सकै चार्टर्ड उडानमार्फत आज यूएईको आबुधावीबाट पनि दुई बच्चासहित १५५ जना नेपाली स्वदेश आएका छन् भने मलेसियाको क्वालालाम्पुरबाट १४८ जना फर्किएका विमानस्थलले जनाएको छ ।

यतै आज राति नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज यूएईको दुबई र कतारको दोहा जाँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया