असार २३, २०८२ सोमबार July 7, 2025

गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप (भिडियो) सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ । गएको बिहिबार युट्युबमा सार्वजनिक भएको गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको हो ।

उक्त गीत लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्ने बताइएको छ ।उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।

लोककवि अली मियाँको आकाशमा बादलु डम्मै छ’ मा गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर रहेको छ ।

गायक दुर्गेशले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् । यसअघि पनि दुर्गेश  ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।

यस्तो छ गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको म्यूजिक भिडियोः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया