असार २३, २०८२ सोमबार July 7, 2025

बुधबारका लागि तय भएको स्थायी समिति बैठक निर्धारित समयमै बस्ने अध्यक्षद्वयबीच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अढाईघण्टा वार्तामा गतिरोध अन्त्यका विषयमा दुई अध्यक्षबीच छलफल भएको बताईएको छ ।

अध्यक्षद्वयबीचको भेटवार्तापछि अब भोलि बुधबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्ने सहमति भएको छ । स्थायी कमिटी बैठकमा बाँकी विषयमा छलफल हुनेछ । स्थायी कमिटी बैठकअघि फेरि पनि अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गर्नेछन् । अहिलेसम्म सहमतिका लागि ठोस प्रगति हुन नसकेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहान ११:३० देखि दिउँसो २:४५ बजेसम्म अध्यक्षद्वयबीच ‘वान टु वान’ वार्ता भएको हो । त्यसअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गरेका थिए । प्रचण्डसँग खुमलटार र ओलीसँग बालुवाटारमा उनले सहमतिका एजेण्डाका विषयमा छलफल गरेका स्रोतले जनाएको छ ।

संसदिय दलका उपनेता सुवाषचन्द्र नेम्वाङसँगै बालुाटार प्रवेश गरेका अध्यक्ष प्रचण्डपाैने तीनवजे मात्रै छलफल गरेर बालुाटरबाट बाहिरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया