असार २४, २०८२ मंगलबार July 8, 2025

कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

कोशीमा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २८ भदौः कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित हुनुभएको छ । विषयगत समितिका सभापतिको निर्वाचन तालिकाअनुसार बिहीबार मनोनय दर्ता र आज (शुक्रबार) निर्वाचन हुने जानकारी गराइएको थियो ।

न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईँ, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको थियो ।

प्रत्येक समितिमा एक–एकजनाले मात्र मनोनय दर्ता गराउनुभएकाले उहाँहरू निर्विरोध निर्वाचन भएको घोषणा गरिएको कोशी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । कोशी प्रदेशसभा नियमावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम १३४ बमोजिम निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

प्राप्त जानकारीअनुसार समितिका सभापतिहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस संसदीय दलतर्फ तीन–तीनजना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका तर्फबाट एकजनाले उम्मेदवारी दिएको नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार