असार ५, २०८३ शुक्रबार June 19, 2026

काठमाडौँ मेडिकल कलेज र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सम्झौता

सम्झौतासँगै देशभरका लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सबै सदस्यले सुविधा पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपाङ्गता भएका बिरामीलाई बहिरङ्ग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै सरकारको स्वास्थ्य बीमामा आबद्ध भएको, विपन्न नागरिक औषधि उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखी उपचार सेवा उपलब्ध हुने र ती सुविधा सकिएपछि मात्र यो सम्झौता अनुसारको सुविधा लागू हुनेसमेत उल्लेख छ ।

यो सम्झौता आजका मितिदेखि आगामी असार मसान्तसम्म कायम रहने भएको छ । त्यसपछि आपसी सहमति र प्रभावकारी हेरी पुनः सम्झौता गर्न सकिनेसमेत जनाइएको छ ।

बिरामीको उपचार गर्दा भने विशेष ध्यान दिइ सहयोगीसहित सेवा दिनेसमेत उल्लेख रहेको छ । डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

सो सम्झौता कार्यक्रममा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं अभिनेत्री रेखा थापाले केएमसीले पूण्य काम गरेको भन्दै खुशी लागेको बताइन् । उनले मोरङ ३ मा डा. शर्माले गरेको योगदानप्रति आफूले पनि गर्व गरेर मेरो क्षेत्रको सांसद भनेर गौरव गर्ने गरेको बताइन् ।

डा. शर्मालाई हेर्दै उनले शर्माविरुद्ध प्रतिनिधि सभाको निर्वाचनमा चुनावमा लडेको भए पनि शर्माले गरेको काम भने सधै प्रशंसायोग्य भएको बताइन् । त्यस्तै डा. शर्माले यो आफूहरुको सामाजिक उत्तरदायित्व भएको भन्दै अपाङ्गता भएकाहरुलाई सहयोग गर्न पाउनु एउटा पूण्यको काम पनि भएको बताए । उनले आगामी समयमा थप सहयोग पनि गर्ने बताए ।

त्यस्तै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य चम्लागाईले यो सम्झौतासँगै देशभरका लोकतान्त्रिक अपाङ्ग संघमा आबद्ध सबै सदस्यले सुविधा पाउने बताए । उनले केएमसीसँगै डा. शर्माप्रति आभार व्यक्त गर्दै यो अभियान डा. शर्माका अन्य अस्पतालमा पनि सम्झौता गर्ने बताए । त्यस्तै अन्य अस्पतालहरुसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाउने चम्लागाईले जानकारी दिए ।

अपाङ्ग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले यो सहमतिले अपाङ्गता भएकाहरुलाई जीउन थप उर्जा मिलेको बताए । उनले अपाङ्गता भएकाहरुले अस्पतालमा पुगेर टिकट काट्ने स्थलसम्म पुग्न नसकेको अवस्थामा अबदेखि भने उपचारको अभावमा मृत्युवरण गर्न नपर्ने बताए । उनले सरकारी अस्पतालमा केही सीमित छुट दिएको भए पनि केएमसीले देखाएको सदासयता भने अब देशभरकै अस्पतालमा अभियानका रुपमा लिएर जाने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार