श्रावण २४, २०८३ आइतबार August 9, 2026

अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम

अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानीकारक फोहर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न ७ दिनको समय दिएको छ ।

वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो ।

महानगरपालिकाले फोहर व्यवस्थापन अवस्था हेरेको यो तेस्रो वर्ष हो । दोस्रो वर्षपछि महानगरपालिकाले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखासँगको समन्वयमा समस्या देखिएका अस्पतालहरुबाट फोहर व्यवस्थापनका फोकल पर्सनहरुलाई जम्मा गराएर तालिम पनि दिएको थियो । यस तालिममा अन्नपूर्ण न्यूरो अस्पतालबाट २ जनाले भाग लिएका थिए । यससँगै हरेक पटक सुधारको अवसर प्रदान गरिँदै आएको छ । यसरी दिइएको निर्देशनबाट सामान्य सुधार आएको छ । तर, अस्पतालको दायित्वमा जति काम पर्छन् । त्यो भने हुन सकेको छैन ।

अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको पाइएन । आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरुपता देखिएन । बिनको रङ्ग संकेत फरक थियो । सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन ।

विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा छ । भूमिगत तला पार्किङ् प्रयोजनका लागि हो ।

यो अवस्था देखिसकेपछि अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेश गर्न निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार