असार २३, २०८२ सोमबार July 7, 2025

सुन हालसम्मकै उच्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा सुन तोलाको साँढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार सार्वजनिक गरेको बजार भाउअनुसार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपियाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला ९१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपियाँ पुगेको छ । त्यस्तै, चाँदीको मूल्य ९८० रुपियाँ प्रतितोला कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य प्रतिऔँस एक हजार ८०४ डलर पुगेका आधारमा नेपाली बजारमा उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचित्र धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको र नेपाली मुद्राको तुलनमा डलरको मूल्य पनि बढिरहेकाले आगामी दिनमा सुन अझ महँगिने अनुमान सुन चाँदी व्यवसायीको रहेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार १ अमेरिकी डलर बराबर ११९ रुपियाँ ७३ पैसा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य छिटै दुई हजार डलर नाघ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस दुई हजार डलर पुगेमा नेपाली बजारमा प्रतितोला एक लाख १० हजार रुपियाँभन्दा माथि हुने व्यवसायीहरूको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार