श्रावण २४, २०८३ आइतबार August 9, 2026

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन – मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो ।

शुक्रबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् ।

पहिलो दिन दुई जना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आज दुई जना भारतीय र एक जना मालदिभ्सका विज्ञ चिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दै हुनुहुन्छ ।

सोसाइटीका अध्यक्ष डा लौडारी, पूर्वअध्यक्ष प्रा डा श्यामराज रेग्मी र प्रा डा मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा सोसाइटीले प्रकाशन चौथो जर्नल विमोचन गरिएको थियो ।

‘प्रथम इकोकोन नेपाल’ नाम दिइएको सम्मेलन मुटुको भिडियो एक्स–रेलाई नै लक्षित गरेर नेपालमा पहिलो पटक भएको डा लौडारीले बताउनुभयो ।

सम्मेलनमा मुटुको भिडियो एक्स–रेबाट कस्ता रोग पत्ता लाग्न सक्छन् रु मुटुको उपचारमा भिडियो एक्स–रेको के–कस्तो योगदान हुन्छ रु भन्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ । नेपालको चितवनसहित काठमाडौँ, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, चेन्नाइ, मालदिभ्सबाट मुटुरोग विशेषज्ञको सहभागिता रहेको छ ।

सम्मेलनले मुटुरोग उपचारको गुणस्तरमा थप वृद्धि गर्ने उहाँको भनाइ छ । मुटुको भिडियो एक्स–रेसम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ ।

मुटुको भिडियो एक्स–रेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिनसक्ने क्षमता, मुटुको भल्बसम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनीसम्बन्धी रोग पहिचान गर्न सहज हुने गर्दछ ।

विश्वमा मृत्युको पहिलो कारण मुटु तथा मुटुका रक्तनलीसम्बन्धी रोगहरु रहेको डा लौडारीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार