असार २४, २०८२ मंगलबार July 8, 2025

उपसभामुख राना स्वदेश फिर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ असोज : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना रुसी महासङ्घको पाँचदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कनुभएको छ । रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उहाँ आज साँझ स्वदेश फर्कनुभएको हो ।

रुसी महासङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा यही असोज २ देखि असोज ४ गतेसम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो । उपसभामुख रानाले उक्त फोरमलाई असोज २ गते सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उपसभामुख रानाले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो । फोरममा सहभागी हुन उहाँ असोज १ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार