काठमाण्डाैंः काठमाण्डौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल सिनामंगलमा विहीबार राती मृत्यु भएका एक जना पूरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोकर्ण निवासी ५४ बर्षिय पुरुष एकसाता अघि त्रिवि शिक्षण अस्पताल महाराजगजमा निमोनियाको उपचारका लागि बुधबार पुगेका थिए । मृतक पुरुष मृगौलाको पुरानो बिरामी एको र विगतमा पनि सोही अस्पतालमा उपचार गराउँदै आएकोले शिक्षण अस्पतालमा बेड खाली नभएकाले केएमसी रिफर गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा.मुकुन्दराज जोशीले जानकारी दिए ।
डा. जोशीका अनुसार मृतक व्यक्तिलाई पहिलानै कोरोना संक्रमणको आशंकामा छुटटै कोठामा सुरक्षा अपनाएर उपचार गरिदै आएको र थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि टेकू पठाईएको थियो । रिपोर्ट २६ गते आयो उनको मृत्यु २५ गते नै भयो ।
अस्पतालले बिरामी देखि नै सतर्कता अपनाई उपचार गर्नुका साथै शवलाई पनि कोरोना संक्रमितलाई गर्ने व्यवस्थापनमै राखेकाले आत्तिनुपर्ने अवस्था छैन् । पूर्व तयारी अवस्थामा नै उपचार गरिएको थियो ।
मृत्युपछि सरकारी निकायको शव व्यवस्थापन टीम २६ गते रिपोर्ट प्राप्त भएपछि जानकारी गराईएको भएपनि टीम व्यस्त भएकाले २७ गते बिहान मात्र अस्पतालबाट उक्त टीमले शब उठाएको डा.जोशीले जानकारी दिए ।
कोरोना पुष्टि भएपछि मापदण्डअनुसार संक्रमितको शवलाई पशुपति स्थित इलेक्ट्रोनिक शव दाह गृहमा नेपाली सेनाले शनिबार बिहान व्यवस्थापन गरेको डा. जोशीले बताए । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया