वैशाख १३, २०८१ बिहिबार April 25, 2024

डिएआर मुभिजको नयाँ प्रस्तुती ‘रक तिज’ (भिडियोसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिएआर मुभिजले ‘रक तिज’ दोहोरि गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

तिज माथिको विकृतिलाई गीत मार्फत देखाउन खोजिएको छ । व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । र्यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन् । जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ ।

जीवन बडुको म्युजिक एरेन्ज रहेको उक्त गीतमा बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस ।

https://www.youtube.com/watch?v=BgWH8jomBl0&feature=youtu.be

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया