कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डाैंः दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैंँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि १० घण्टादेखि अवरुद्ध पूर्ब पश्चिम राजमार्ग अपरान्हबाट खुलाइएको छ।

सडक विभागका महानिर्देशक केशवराज शर्माले राजमार्ग करिब एकघण्टा अघि खुलाइएको जानकारी दिनुभएको हो। बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन राति एक बजे बाढीले बगाइदिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार राति एक बजेदेखि बाटो अवरुद्ध बनेको थियो।

बिहानैदेखि निर्माणको कार्य भइहरेको भए पनि साँझ सम्ममा डाइभर्सन निर्माण सकिने प्रहरीले जनाएको थियो । यसअघि पनि बाटो साँघुरो भएको भन्दै त्यहाँ नयाँ कल्भर्ट हालिएको थियो । पटकपटक बाटो जाम हुदाँ यात्रुले  सास्ती खेप्दैआएका थिए ।

नारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहँदा अस्थायी रुपमा बनाइएको डाइभर्सन त्यहीँ रहेको र डाइभर्सन नै बगाएपछि अहिले बाटो बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।  अवरुद्ध राजमार्गका कारण सडकमा हजारौँ सवारी सधान र यात्रु अलपत्र परेका प्रहरीले जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार