श्रावण २४, २०८३ आइतबार August 9, 2026

भारतमा मङकीपक्स पुष्टी

केरलाको मलप्पुरम जिल्लामा देखिएको एमपोक्स केस क्लेड १ को भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : भारतमा नयाँ एमपोक्स स्ट्रेनको पहिलो केस देखिएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक स्वास्थ्य आपतकालीन चेतावनी जारी गरेपछि क्लेड १ बी भनिने यो नयाँ भेरियन्ट देखा परेको छ । यो अत्यधिक संक्रामक भएको जनाईएको छ ।

यो अफ्रिकामा एमपक्सको प्रकोपसँग जोडिएको छ।भारतको दक्षिणी राज्य केरलाका ३८ वर्षीय पुरुषमा यो स्ट्रेन फेला परेको समाचार छ । उनी हालै दुबईबाट फर्केका थिए । विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत अगस्टमा अफ्रिकामा मंकीपोक्स भनिने एमपोक्सलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

त्यसयता यो भाइरसको सबैभन्दा खतरनाक भेरियन्ट अफ्रिकी महादेश बाहिरका स्वीडेन, थाइल्याण्ड र पाकिस्तानलगायत देशमा फैलिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता मनिषा वर्माले केरलाको मलप्पुरम जिल्लामा देखिएको एमपोक्स केस क्लेड १ को भएको पुष्टि गरेकी छिन् । ती बिरामीको अस्पतालमा उपचार भइरहेको र उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र निगरानी भइरहेको अधिकारीहरूले बताएका छन्। यसै महिनाको सुरुमा उत्तरी हरियाणा राज्यका एक पुरुषमा एमपोक्स स्ट्रेन फेला परेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार