असार १३, २०८३ शनिबार June 27, 2026

‘६ महिनादेखि भाडा नदिँदा खानै समस्या भयो’काठमाडौंका घरबेटीको रोदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कोरोना महामारीको कारण डेलावालमात्र होइन घरबेटीसमेत आर्थिक समस्यामा परेको पाइएको छ ।

कोठाभाडाबाट जीविका चलाउँदै आएकी काठमाडौं सिनामंगलकी देवकुमारी काफ्लेले डेरावालले छ महिनादेखि भाडा नदिँदा जीविका चलाउन समस्या परेको बताइन् ।

उनको ३ तले घरमा विद्यार्थी, मजदुर र निजी क्षेत्रमा कार्यरत भाडामा छन् । ‘लकडाउनअघि भाडा दिन्छौं भन्थे त्यसपछि कोठामा बस्ने गाउँ गए, अहिले न भाडा दिन्छन् न त कोठा खाली नै गर्छन् ।’ काफ्लेले सुनाइन् ।

बागबजारमा महिनाको २ लाख भाडामा कन्सल्टेन्सी चलाउन दिएका महेश थापाको पीडा पनि उस्तै छ । उनले पनि भाडा नपाएको पाँच महिना भयो । भाडामा लिने प्रकाश तिमल्सिनालाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेको थापा बताउँछन् ।

कार्यालयको आवश्यक सामान ४/५ लाखको होला, भाडा भने १० लाख पुग्न लागेको घरबेटी थापाको बुझाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया