असार ५, २०८३ शुक्रबार June 19, 2026

जीबी राई सञ्चालक नभएको एपिवन टिभीको दाबी

राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ ।

अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा/ व्यापार विभागका प्रमुख केशरी बल्लभ दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा लि(एपीवान एचडीटिभी)को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारी मार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं ।  यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजन मार्फत आम नागरिकलाई सूचना संप्रेषण गरिरहेको कुरा विदितै छ ।’

एपीवान टेलिभिजनले टिभीमा सञ्चालक नरहेको दाबी गरेपनि २०१७ मा कतारमा सम्पन्न नेपाल आइडलको फिनालेमा जीबी राईले एपीवान टेलिभिजनका बोर्ड अफ डिरेक्टरको रुपमा सहभागी भएका थिए । सो भिडियो अहिले पनि युट्युबमा रहेको छ ।

सहकारी बचत अपचलन बारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी भएको उल्लेख गरेको छ । गोर्खा मिडिया खोल्नुअघि गितेन्द्रबाबु (जीबी) राईले एपीवानमा लगानी गरेको र उक्त रकम सहकारीको भएको प्रतिवेदनमा उल्लेख छ । राई सञ्चालक रहेको काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट एपीवानमा कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार