श्रावण ३, २०८२ शनिबार July 19, 2025

नवलपुरमा डेंगु सङ्क्रमण बढ्दो

एकसय ५८ जना सङ्क्रमित एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, असोज १५ गते । नवलपुरमा डेंगुको सङ्क्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना सङ्क्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कार्यालयले दिएको तथ्याङ्कअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु सङ्क्रमण देखिएको हो ।सङ्क्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।

त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यबिन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र  बुलिङटार गाउँपालिकामा २ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।

नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकामा बढी डेंगु देखिएको छ । डेंगुको लक्षण देखिनेवित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही निजी मेडिकलमा परीक्षण गराउने गरेको र त्यो तथ्याङ्क स्वास्थ्य कार्यालयमा समावेश नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । त्यो तथ्याङ्कसमेत जोड्दा सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु सङ्क्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूहलगायतलाई राखेर अभिमुखीकरण कार्यक्रम सुरु गरिएको र सङ्क्रमण बढ्दै गएका ठाउँमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।बोमलाल गिरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार