श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

सुरक्षाको व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न पनि सरकारसँग अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ ।

आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सार्वजनिक गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

आयोगले भनेको छ, “नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट राहत उपलब्ध गराउनुपर्ने नागरिकलाई वितरण गरिएको राहतको विवरण तथा आधार नियमित रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने र सहजता तथा अभिलेखका लागि त्यस्ता विवरण विद्युतीय प्रणालीमा राख्ने व्यवस्था गर्नुपर्नेछ ।”

आयोगले नेपाल सरकारबाट स्वीकृत सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७६ बमोजिम गठित केन्द्रीय समन्वय एकाइ, कार्यान्वयन अनुगमन एकाइ, प्रदेश अनुगमन एकाइ र जिल्ला अनुगमन एकाइलाई सक्रिय गराइ त्यस अवधिमा र नियमित रुपमा सूचनाको हकको प्रयोगका बारेमा अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्ने र आयोगलाई पनि जानकारी दिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सार्वजनिक निकायमा रहेका सूचना सङ्कलन गरी सर्वसाधारण नागरिकसम्म पु¥याउने आमसञ्चारकर्मी तथा सूचनाको हकका अभियन्ता सार्वजनिक निकायमा गइरहनुपर्ने भएकाले निजको सुरक्षाको व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार