जेठ २३, २०८३ शनिबार June 6, 2026

नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच समझदारीपत्रमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रेस काउन्सिल नेपाल र म्यान्मा प्रेस काउन्सिलबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारी पत्रमा दुई काउन्सिल बीच पत्रकारितासम्बन्धी सूचना, अनुभव र आदानप्रदान गर्ने, स्तरीय मिडिया शिक्षा र तालिमको माध्यमबाट मिडिया व्यवसायीको क्षमता अभिवृद्धि गर्ने, नैतिक पत्रकारितालाई प्रवद्र्धन गर्नेलगायतका विषय समावेश गरिएको छ ।

“समाचार संकलनसम्बन्धी गोष्ठी, कार्यशाला, आयोजना गर्ने तथा पत्रकारका अनुभव आदानप्रदान गरिनेछ”, समझदारी पत्रमा भनिएको छ ।

नेपाल भ्रमणमा आएको म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले बुधबार स्वागत गरेको थियो ।

लुम्बिनी, पोखरा, चितवन, पाल्पा र काठमाडौँलगायतको भ्रमण गर्ने उद्देश्यसहित श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला बेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको थियो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष श्रेष्ठले काउन्सिलले पत्रकार आचारसंहिता जारी गरेर कार्यान्वयन गर्ने, पत्रपत्रिका वर्गीकरण गर्नेलगायतका गतिविधिबारे जानकारी दिनुभयो ।

श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष कोग्गाला बेल्लालागे र म्यान्माका अध्यक्ष ९१ वर्षीय ओहन केइङले भ्रमणले नेपालसँगको सम्बन्ध अझ मैत्रीपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार