श्रावण २४, २०८३ आइतबार August 9, 2026

सिन्धुलीमा स्क्रब टाईफस र डेंगुका विरामी बढ्दै

डेंगुबाट ३८ जना महिला र ४९ जना पुरुष संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुलीमा स्क्रव टाईफस र डेंगुका विरामी बढेका छन । स्क्रव टाईफस र डेंगुबाट कमलामाई नगरपालिका र दुधौली नगरपालिका बढी प्रभावित देखिएको छ ।

जिल्लामा हालसम्म स्क्रव टाईफसका ८१ जना र डेंगुका ८७ जना विरामी फेला परेका छन । विहिबारमात्रै जिल्लामा ५ जना स्क्रव टाईफस र ६ जना डेंगुका विरामी फेला परेका छन ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार डेंगुबाट ३८ जना महिला र ४९ जना पुरुष संक्रमित छन । कार्यालयका सूचना अधिकारी एवम ल्याव टेक्निसियन गंगाराम कार्कीका अनुसार डेंगुबाट कमलामाई नगरपालिकाम २२ जना, दुधौली नगरपालिकामा ५५ जना, तीनपाटन गाउँपालिकामा ३ जना, फिक्कल गाउँपालिकामा १ जना, सुनकोशी गाउँपालिकामा १ जना र मरिण गाउँपालिकामा ५ जना संक्रमित फेला परेका छन ।

कार्कीका अनुसार स्क्रब टाईफसबाट कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा ४५ जना, तीनपाटन गाउँपालिकामा १७ जना, सुनकोशी र गोलञ्जोर गाउँपालिकामा १–१ जना, मरिणमा २ जना, हरिहरपुरगढीमा ३ जना संक्रमित भएका छन ।

डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।

यस्तै स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो किरा (माईट) को टोकाईबाट मानिसमा सर्दछ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट यो रोग सर्ने कार्कीले बताए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार