श्रावण २५, २०८३ सोमबार August 10, 2026

देशभर डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेङ्गी सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । देशभर डेङ्गुबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

केही दिन अघि पानी परेका कारणले डेङ्गु सङ्क्रमण बढेको बताउनुभयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी
डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

उपत्यकामा दुई हजारभन्दा बढी
उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार