मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउदै जाने मुख्यमन्त्री कार्कीको घोषणा

कोशी प्रदेशमा विगतमा देखिएको सरकार फेरबदलका कारण स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकेको स्वीकारोक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले आवश्यक रुपमा बजेट व्यवस्थापन गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउदै जाने बताउनुभएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको आजदेखि विराटनगरमा शुरु भएको तीन दिने प्रदेश स्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले आवश्यक जनशक्तिको कमी तथा सीमित साधन स्रोतका बाबजुद स्वास्थ्यकर्मीहरुले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गदै आएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा विगतमा देखिएको सरकार फेरबदलका कारण स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकेको बताउँदै आगामी दिनमा प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवालाई प्रतिस्पर्धामा सङ्घ भन्दा उत्कृष्ट बनाउने गरि सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव अनुसार प्रदेश सरकारले काम गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य कार्यालयसँग आबद्ध कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासका लागि सरकारले कार्यविधि बनाएर काम गर्ने उहाँको भनाई थियो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासन योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा सहयोग पुग्ने बताउनुभयो ।

गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल, नीजि अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार