जेठ ६, २०८१ आइतबार May 19, 2024

बन्द रहेका भारतीय च्यानलहरु पुनः सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओली र  नेपालका बारेमा भारतीय मिडियामा भ्रामक समाचार आएको भन्दै सरकारले दिएको अनौपचारिक निर्देशनअनुसार तीनदिनदेखी बन्द रहेका भारतीय च्यानलहरु पुनः सञ्चालनमा आएका छन् ।

केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

उनका अनुसार आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको छ । “ग्राहकको दबाब बढी आयो, त्यसैले अहिले हामीले खोलेको हो । भोलि कुनै पनि बेला बन्द गर्न सक्छौं,” उनले भने । उनले सबै अपरेटरहरुले आफूहरुलाई दबाब आएको हुँदा अहिले भारतीय च्यानल बन्द नगर्न आग्रह गरेकाले सबैले खुला राख्ने निर्णय गरिएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया