श्रावण २५, २०८३ सोमबार August 10, 2026

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रबाट निःशुल्क आँखा परीक्षण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ असोज : नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ ।

सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति सङ्घले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो ।

सङ्घका महासचिव भरतबहादुर चन्दका अनुसार सङ्घद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा एक सय ६० आँखा उपचार केन्द्रहरुबाट उक्त दिन १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिकाहरु अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएकोे छ ।

आइएपिबीका अनुसार हाल विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा उपचार आवश्यक पर्ने दृष्टिसम्बन्धी समस्या छ । विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरणमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता सङ्गठन आइएपिबीले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो बर्ष ‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ अक्टोबर १० तारिख (असोज २४ गते) बिहीबारका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार