कार्तिक ९, २०८३ सोमबार October 26, 2026

धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ ।

बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ ।

कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु छ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एशिया रु चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी रु तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको शेयर रु दुई करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो ।

आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०÷१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९.९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए ।

यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टीप्रपोज फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।

सुनको प्रतितोला १०० ले घट्यो

नेपाली बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु १०५ ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७६० तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु ९९५ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
२०८३ कार्तिक ९, सोमबार
कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा
२०८३ कार्तिक ९, सोमबार
तिहारमा रु दश लाखको सयपत्री फूल बेच्ने लक्ष्य
२०८३ कार्तिक ९, सोमबार
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
२०८३ कार्तिक ९, सोमबार
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले सम्हाले कार्यभार
२०८३ कार्तिक ९, सोमबार
दशैँपछिको पहिलो कारोबार दिनमै नेप्से घट्यो, २६२९.८२ विन्दुमा झर्यो
२०८३ कार्तिक ९, सोमबार
स्वर्णीम वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली
२०८३ कार्तिक ९, सोमबार