असार ५, २०८३ शुक्रबार June 19, 2026

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ : पूर्वअध्यक्ष रेग्मी

नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २५ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बताउनुभएको छ ।
विजयादशमी अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रका समग्र गतिविधिलाई समुन्नत बनाउँदै जनसमुदायमा सुख, समृद्धि र सामाजिक सद्भाव बढाउने कार्यमा विजयादशमीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्वअध्यक्ष रेग्मीले सन्देशमा भन्नुभएको छ, “नेपालीहरूको महान चाड एवम् पर्वका रूपमा मनाइँदै आएको विजयादशमीले हाम्रा परम्परा र संस्कृतिको छुट्टै पहिचान दिन्छ । भातृत्व, सद्भाव र परिवार समाजको मिलनको पर्व पनि हो विजयादशमी ।”
उहाँले दसैँको मुखैमा भएको वर्षा, बाढीपहिरा पीडित र प्रभावित व्यक्ति दुःख र पीडामा रहेकाले राहत र पुनःनिर्माणमा सरकार र सम्पूर्ण राष्ट्र संवेदनशील हुनु जरुरी रहेको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश रेग्मीले आजको युगमा जुनसुकै कुरासँग जोडिने विषय विकास र समृद्धि नै भएकाले त्यसका लागि राजनीतिक स्थिरता, दृढ इच्छाशक्ति, नविनतम दृष्टिकोण र इमानदारितापूर्ण प्रयास महत्वपूर्ण विषय हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सन्देशमा भन्नुभएको छ, “शुभकामना आदानप्रदान गर्दै राग, द्वेषलाई पर राखेर रमणीय मौसमी प्रकृतिको उल्लासमय वातावरणमा शान्ति र समृद्धिको कामनाका साथ मनाइने पर्व हो विजयादशमी । त्यसैगरी मनाउँ त्यसैगरी रमाऔँ ।”
पूर्वअध्यक्ष रेग्मीले नवदुर्गा भवानीले सम्पूर्ण नेपालीजनमा शान्ति, सुख, समृद्धि प्रदान गरुन् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार