श्रावण २४, २०८३ आइतबार August 9, 2026

फूड पोइजनिङ कसरी हुन्छ ? बच्ने तरीकासहित

सामान्यतया विषालु खाना खाएको १८ देखि ३८ घण्टा भित्रमा लक्षणहरु देखिन्छन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गर्मीको समयमा कुनै पनि खाने बस्तुलाई केही समय बाहिर राखिराख्यो भने बिग्रिएको देखेकै छौँ। यस्तो विग्रिएको खानेकुरालाई विचार नगरी खायौँ भने विरामी परिन्छ । यसरी खानेकुरा दूषित वा विषालु भएमा यसलाई विषाक्त खाना (Food Poisoning) भनिन्छ ।

खाना विषालु भयो भने पेट दुख्ने, उल्टी, पखाला, वाकवाकी लाग्ने आदि लक्षणहरु देखा पर्दछ । विषालु खानामा खानाका सक्कली रङ्ग, स्वाद, बनावटमा समेत केही न केही फरक पाउन सकिन्छ ।

खानेकुरा मुख्य ३ तरिकाबाट विषाक्त हुन सक्छ, (१) रासायनिक पदार्थ (२) जीव जीवात्मा जस्तो कीरा फट्याङ्ग्रा र (३) जीवाणु, विषाणुहरु र ढुसीबाट ।

यी तीन कुराहरुमध्ये जीवाणुहरुबाट विषालु हुनुलाई प्रमुख लिन सकिन्छ । हावा, पानी, झिंगा, भाँडा वर्तन, कपडा लगायत आफ्नै हातबाट पनि खानामा सजिलैसँग जीवाणुहरु प्रवेश गर्न सक्दछन् । यसरी खानामा प्रवेश हुने जीवाणुहरुमध्ये उदाहरणको लागि क्लोस्टिडियम बटुलिनम लिन सकिन्छ । यो जीवाणुले व्यासिलस समूहमा पर्दछ। यस्ता जिवाणु खानेकुरामा प्रवेश गरिसकेपछि आफ्नो जीवन प्रक्रिया सञ्चालन गर्ने सिलसिलामा एउटा मृत विष पैदा गर्दछ, जुन प्राणघातक हुन्छ। त्यस्तो किटाणुले बिरामी बनाउने रसायन बोलिनम पैदा गर्दछ ।

सामान्यतया विषालु खाना खाएको १८ देखि ३८ घण्टा भित्रमा लक्षणहरु देखिन्छन । यसरी पैदा भएको विषले केन्द्रीय स्नायु प्रणालीमा असर गरी निल्न, देख्न, बोल्न कठीन गराउँछ । अन्त्यमा विरामी सिकिस्त भई १ देखि ८ दिन भित्रमा उसको श्वास प्रश्वास प्रणाली बन्द भई मृत्यु समेत हुन सक्छ ।

यस्तो विरामीलाई सुरुमा नै बटुलिनम एन्टिटोक्सिन दिइयो भने बचाउन पनि सकिन्छ । कलोस्ट्रिडियम बटुलिनम खासगरी माटो, सामुन्द्रिक हिलो र तालका तटहरुमा पाइन्छ । माटोमा उब्जेका खानेकुराहरु माछाहरु, बोतलमा बन्द खानाहरु, चीज र ससहरु समेत यसका स्रोतहरु भएकाले विचार पुर्‍याएर उपयोगमा ल्याउनु पर्दछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार