श्रावण १४, २०८३ बिहिबार July 30, 2026

महिलाले चुरा किन लगाउँछन् ?

धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा लगाउने चलन छ । चुरा सोह्र श्रृंगारमध्येको एक हो ।

धार्मिक मान्यता अनुसार पूजाआजामा दुर्गा मातालाई १६ श्रृंगारका सामानहरू चढाइन्छ । त्यसमा चुरा पनि पर्छ ।

धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ । महिलाहरूले हरियो चुरा दान गर्दा बुधदेवको आशीर्वाद प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइनछ ।

चुरामा देवीको वास हुन्छ भन्ने मान्यताका साथ बसहरूमा पनि चुराको माला बनाएर लगाइन्छ ।

वैज्ञानिक अनुसन्धानले पनि चुरा लगाउनु राम्रो मानेको छ । चुरा लगाउनाले महिलाहरूमा मानसिक सन्तुलन कायम रहन्छ ।

चुराले हत्केलाको छालासँग धर्षण गर्दा वा चल्दा हातमा रक्तसञ्चारमा मद्दत पुर्‍याउनुका साथै ऊर्जा पैदा हुने गर्दछ । जसका कारण छिट्टै थकान महसुस हुन पाउँदैन ।

काँचको चुराबाट आउने आवाजले वातावरणमा भएको नकारात्मक ऊर्जालाई नष्ट गर्दै त्यसको आसपास सकारात्मक ऊर्जा प्रवाह गर्ने वैज्ञानिकको दाबी छ ।

महिलाको शरीर संवेदनशील हुने भएकाले हर्मोनको स्तर एकदमै छिटो परिवर्तन भइरहन्छ । चुरा लगाउँदा त्यसले हर्मोनको स्तरलाई सन्तुलित राख्न मद्दत गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार