श्रावण ३१, २०८३ आइतबार August 16, 2026

धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित

जिल्लाभरका शैक्षिक संस्थामा पठनपाठन स्थगित गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेपछि धनुषाका निजी विद्यालयहरू शुक्रबार बन्द रहने भएका छन्।

नेपाल प्याब्सन (एन–प्याब्सन), प्याब्सन, हिसान र एम–प्याब्सनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीको सुरक्षा र आवतजावतमा हुन सक्ने कठिनाइलाई मध्यनजर गर्दै शुक्रबार जिल्लाभरका शैक्षिक संस्थामा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

संयुक्त विज्ञप्तिमा वर्तमान सुरक्षा अवस्था र कर्फ्युका कारण विद्यार्थी तथा अभिभावकलाई आवतजावतमा समस्या हुने भएकाले अर्को सूचना जारी नभएसम्म शुक्रबारका लागि विद्यालय सञ्चालन नगर्ने निर्णय गरिएको उल्लेख छ।

साथै, बिहीबार विद्यालय छुट्टी भएपछि सबै विद्यार्थीलाई सुरक्षित रूपमा घरसम्म पुर्‍याउन सम्बन्धित विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकसँग आवश्यक समन्वय र सहजीकरण गर्न पनि अनुरोध गरिएको छ।

धनुषाका विभिन्न क्षेत्रमा उत्पन्न तनावपछि जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम गर्न अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। त्यसको प्रत्यक्ष प्रभाव शैक्षिक गतिविधिमा समेत परेको हो।

विद्यालय सञ्चालक संस्थाहरूले अभिभावक र विद्यार्थीलाई आधिकारिक सूचना तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गर्दै परिस्थितिको निरन्तर अनुगमन भइरहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार