श्रावण २५, २०८३ सोमबार August 10, 2026

कसरी च्यापिन्छ ढाडको नशा ? ५ कारण र समाधानका ८ उपाय

उमेर जति बढ्दै गयो त्यति नशा च्यापिने सम्भावना बढ्दै जान्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढाड दुख्नुका धेरै कारण हुन्छन्। ती मध्ये मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइ प्रमुख कारणमा पर्छ। ढाड दुख्ने समस्या लिएर उपचारका लागि आउने अधिकांशमा नशा च्याप्पिएर ढाड दुख्ने गरेको पाइन्छ। मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइलाई ‘न्युरोजेनिक पेन’ भनिन्छ।

मेरुदण्डको नशा च्याप्पिएको छ भने दुखाइ ढाडबाट सुरु भएर खुट्टासम्म पुग्छ। ढाड र खुट्टा दुख्ने मात्र होइन हिँडन पनि गाह्रो हुन थाल्छ। नशा च्याप्पिएको छ वा छैन भनेर एमआरआई नै गरेर हेर्नुपर्ने हुन्छ। यस्तो समस्या हुनेहरुलाई खुट्टाले शरीरको भार थेग्न गाह्रो भएको महसुस हुन्छ। थोरै हिँड्दा पनि खुट्टा गल्ने र दुख्ने गर्छ।

ढाडको नशा च्यापिएको छ भने सिधा भएर सुत्न पनि गाह्रो हुन्छ। यो समस्याको उपचारमा जति ढिलाइ गरियो त्यति नै जटिल हुँदै जान्छ। धेरै दुखाइ भयो र समयमै उपचार भएन भने विस्तारै ढाडभन्दा मुनिको भाग चलाउन गाह्रो हुने र खुट्टा नचल्ने समस्या थपिन्छ।

केहीलाई दिसा-पिसाब पनि अकस्मात रोकिने हुन सक्छ। यस्तो अवस्थामा ६ घण्टाभित्र उपचार भएन भने बिरामीलाई सधैँका लागि प्यारालाइसिस हुने सम्भावना रहन्छ। न्युरोजेनिक पेन प्रायः ४० वर्षपछि मात्र देखिने समस्या भए पनि अहिले सबै उमेर समूहका मानिस यसबाट पीडित हुने गरेका छन्।

मेरुदण्डको नशा च्यापिने कारण

१. उमेरः उमेर जति बढ्दै गयो त्यति नशा च्यापिने सम्भावना बढ्दै जान्छ। उमेर बढ्दै जाँदा मेरुदण्डको ‘डिस्क’ खिइँदै जान्छ। डिस्क सुक्दै गएपछि नशा च्यापिने सम्भावना बढ्छ।

२. चोटपटकः लडेर वा खेलकुदका क्रममा शरीरको सन्तुलन बिग्रिई ढाडमा चोटपटक लाग्दा वा सड्किँदा पनि नशा च्यापिन सक्छ। केटाकाटी वा खेलाडीलाई यो समस्या बढी आउँछ। चोटपटकका कारणले ‘डिस्क प्रोल्याप्स’ हुँदा ढाड अत्याधिक दुख्छ। फुटबल, क्रिकेट खेलाडीहरु घाइते भएर बस्ने गरेका अधिकांश घटनामा मेरुदण्डको नशा च्यापिएको हुने गर्छ।

३. इडियोप्याथिकः कहिले काहीँ कुनै कारण बिना नै ढाडको नशा च्यापिने गर्छ। कारण पत्ता नलाग्ने तर नशा च्यापिने समस्यालाई इडियोप्याथिक भन्ने गरिन्छ।

४. पोजिसनः एउटै पोजिसनमा घण्टौँ बसेर काम गर्नेहरुको मेरुदण्डको नशा च्यापिन सक्छ। लामो समय एकै आशनमा बसेर कम्प्युटरमा काम गरिरहनुपर्दा पनि ढाड दुख्ने समस्या आउँछ। एकोहोरो बसेर काम गर्नेहरुले ढाडको नशा च्यापिनबाट जोगिनका लागि बसाइको पोजिसन फेरिरहनु राम्रो। अर्थात् अढेस लाउन मिल्ने कुर्सीको प्रयोग गर्नुपर्छ। कुनै भारी सामान उठाउनु पर्दा खुट्टालाई अगाडि पछाडि पारेर उठाउनु राम्रो, सिधा पोजिसनमा भारि उठाउँदा ढाडको नशा च्यापिन सक्छ।

५. रोगः विभिन्न रोगका कारण पनि मेरुदण्डको नशा च्याप्पिन सक्छ। जस्तैः हड्डी/नशा/स्पाइनल कर्ड आदिको ट्युमरका कारण नशा च्यापिएको हुन् सक्छ। क्षयरोगका कारण हड्डी मक्किएर नशा च्याप्पिन्छ। जन्मजात ढाड बाङ्गो भएकाहरुलाई पनि नशा च्याप्पिने सम्भावना बढी हुन्छ।

उपचार

विभिन्न रोगका कारण मेरुदण्डको नशा च्याप्पिएको भएमा रोग विशेष उपचारमा जानुपर्छ। तर, स्वास्थ्य अवस्था ठिक हुँदाहुँदै पनि नशा च्याप्पिएको छ र कारण पत्ता लाग्न सकेन भने विशेष उपचारमा विधि अपनाउनुपर्ने हुन्छ। यस्तो भएमा सुरुमा सामान्य नशाको औषधिको प्रयोग गर्ने र ६ हप्तासम्म फिजियोथेरापी गरेर हेर्ने।

त्यसबाट पनि कुनै सुधार आउन सकेन भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। शल्याक्रिया तीन किसिमबाट गरिन्छः

दुरविनबाट गरिने शल्यक्रिया

यो शल्यक्रिया मेरुदण्डभन्दा ९ सेन्टिमिटर टाढा सानो प्वाल बनाएर दुरविनबाट गरिने शल्याक्रिया हो। यो शल्यक्रिया बिरामीलाई बेहोस नपारीकन आधुनिक तरिकाले गरिन्छ। यसलाई इन्डोस्कोपिक डिस्केकटोमी भनिन्छ। यसमा शल्याक्रियापछि टाँका पनी लगाउनुपर्दैन भने मेरुदण्डको मांसपेशीमा पनी यसले कुनै असर गर्दैन। यस्तो खालको शल्याक्रिया गर्दा ४० देखि ५० मिनेट लाग्छ र बिरामी शल्याक्रियापछि घर फर्किन सक्छ।

माइक्रोस्कोपबाट गरिने शल्याक्रिया (एमआइएसएस)

यो माइक्रोस्कोपको सहयोगमा सानो प्वाला पारेर ट्युबबाट गरिने शल्याक्रिया विधि हो। शल्याक्रियामा तरिका चाहिँ इन्डोस्कोपिक डिस्केकटोमीझैँ भए पनि यसमा बिरामीलाई पूरै बेहोस पार्नुपर्ने हुन्छ।

ओपन सर्जरी
यो परम्परागत शैलीको शल्यक्रिया हो। यसमा बिरामीलाई बेहोस बनाई मेरुदण्ड पूरै खोलेर च्यापिएको नशा निकाल्ने काम गरिन्छ।

बच्ने उपाय

१. नियमीत व्यायम गर्ने।
२. एउटै पोजिसनमा घण्टौँ नबस्ने।
३. ढाडलाई अढेस लगाएर बस्न मिल्ने कुर्सीको प्रयोग गर्ने।
४. मोटरसाइकल चलाउँदा ध्यान दिने, गह्रुङ्गो हेल्मेट नलगाउने। मोटरसाइकलमा लामो यात्रा नगर्ने।
५. खेल्दा, उफ्रिँदा वा दौडिँदा ढाडमा लाग्ने चोटपटकबारे सावधान रहने।
६. शरीरको तौल सन्तुलनमा राख्ने।
७. गह्रुङ्गो सामान उठाउँदा हतार नगरी शरीरको सन्तुलन मिलाएर मात्र उठाउने।
८. ढाडमा अत्याधिक दुखाइ भएमा चिकित्सकको परामर्श लिने। स्वास्थ्य खबरपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यास अभाव र महँगीप्रति कांग्रेसको आपत्ति, सरकारलाई ५ बुँदे सुझाव
२०८३ श्रावण २५, सोमबार
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार