श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध

खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बझाङको खप्तडछान्ना गाउँपालिका–४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा तोडफोड भएकाे छ।

अज्ञात समूहले टावरमा तोडफोड गर्दा क्षति भएपछि सञ्चार सेवा प्रभावित बन्न पुगेको छ। खत्रीवाडा माझीगाउँमा रहेको टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले ताेडफाेड गरेकाे हाे।

रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका स्थानीय मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित बन्न पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्‍याउनेको पहिचान नभएको बताए। घटनाको अनुसन्धान भईरहेकाे उनले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार