श्रावण २४, २०८३ आइतबार August 9, 2026

प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको छ : स्वाथ्यमन्त्री पाठक

संघीय सरकारले अझै प्रदेश सरकारलाई अधिकार नदिँदा काम गर्न समस्या रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ। गण्डकी प्रदेशका स्वाथ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार प्रतिबद्ध भएर लागिरहेको बताएका छन्।

बँेसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङको दोस्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी सरकारले नीति, कानुन र संरचना सुधारमा जोड दिएको बताए। मन्त्री पाठकले भने, ‘हामीले स्वास्थ्य क्षेत्रको अवस्था सुदृढ गर्न गण्डकी प्रदेश स्वास्थ्य सुधार कार्यक्रम अगाडि सारेका छौँ। त्यसका लागि कार्ययोजना बनाएर एक सय काम पूरा गर्ने लक्ष्य राखेर क्रियाशील भइरहेको छु।’ यद्दपि संघीय सरकारले अझै प्रदेश सरकारलाई अधिकार नदिँदा काम गर्न समस्या रहेको उनको भनाइ थियो।

मन्त्री पाठकले लमजुङ अस्पतालमा आधुनिक भवन निर्माणका लागि केही दिनमा बोलपत्र आहृवान गर्ने तयारी रहेको जानकारी दिए। प्रदेशभित्रका अस्पतालमा कतै उपकरण, कतै दक्ष जनशक्ति, स्वास्थ्य पूर्वाधारको अभाव रहेकाले यसको व्यवस्थापनका लागि आफू लागिरहेको उनले सुनाए।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, बँेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरूले लमजुङ अस्पतालको विकासका लागि सबै एकजुट हुँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार