काठमाडौँ, कात्तिक ४ गते । काठमाडौंँ मेडिकल कलेज (केएमसी) मा इन्टर्न गर्दै गरेका चिकित्सक आन्दोलित भएका छन् । एमबीबीए अध्ययन गर्दा लिएको अतिरिक्र शुल्क फिर्ता गर्न माग गर्दै केएमसीमा इन्टर्न गर्दै गरेका चिकित्सक चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौँ विश्वविद्यालयअन्तर्गतको एमबीबीए २०१८(७५/७६ ) ब्याजका काठमाडौँ मेडिकल कलेजका विद्यार्थीहरु अतिरिक्त शुल्क लिएको विरोधमा बिहीबारबाट अन्दोलनमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले अतिरिक्त शुल्क लिएको विषयमा अस्पताल प्रशासनसँग शुल्क समायोज गरिदिन पटक–पटक आग्रह गर्दा पनि कुनै प्रक्रिया नआएपछि आन्दोलनमा उत्रिएको इन्टर्न चिकित्सक हृदयराज संग्रौराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पनि अतिरिक्र शुल्क फिर्ता गर्न अस्पताल प्रशासनसँग कुरा गर्दा पुरानो म्यान्समेन्टसँग भएको सहमति हामीलाई थाहा हुन्न भन्ने जवाफ आउछ ।”
चिकित्सक शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६/८/१९ को सबै अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय गरेर कलेजलाई पत्रचार गरेपनि कार्यान्ययन नगरेको उहाँको गुनासो छ ।
उहाँका अनुसार केएमसीले ५० जना नेपाली विद्यार्थी र ४० जना विदेशी विद्यार्थीबाट तीन करोड ७१ लाख ७८ हजार चार सय अतिरिक्त शुल्क लिएको छ ।
उहाँ भन्नुहुन्छ, “केएमसीले इन्टर्नशिप शुल्क दुई लाख, इन्टर्नल परीक्षा शुल्क एक लाख ८० हजार, के यु रजिष्टेसन शुल्क १५ हजार, कम्युनिटी फिल्ड भिजिट ९० हजार, एन, एमसि रजिष्ट्रेसन शुल्क पाँच हजार गरी प्रति विद्यार्थी चार लाख ९० हजार अतिरिक्त शुल्क लिएको छ ।” अस्पताल प्रशासनले यथाशीघ्र लिखित सहमति नगरे कानुनी प्रक्रिया जाने उहाँले बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया