श्रावण २५, २०८३ सोमबार August 10, 2026

१७ लाखलाई निःशुल्क एचपिभी खोप

आगामी माघको तेस्रो सातासम्म देशव्यापी खोप अभियान सञ्चालन गरी १६ लाख ८८ हजारलाई खोप दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले घोषणा गरेको महिलाको पाठेघरको क्यान्सरविरुद्धको खोप (एचपिभी) यो वर्ष झन्डै १७ लाख बालिका तथा किशोरीलाई दिने तयारी भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले जनाएको छ। आगामी माघको तेस्रो सातासम्म देशव्यापी खोप अभियान सञ्चालन गरी १६ लाख ८८ हजारलाई खोप दिने तयारी भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए।

यो वर्ष १० देखि १४ वर्ष उमेर समूहभित्र १६ लाख ८८ हजार मात्र जनसंख्या रहेकाले उक्त संख्यालाई मात्र खोप दिने तयारी भएको खोप शाखाप्रमुख डा. अभियान गौतमले बताए। यो वर्ष खोप अभियानमार्फत १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीलाई मात्र दिइनेछ।

अन्तर्राष्ट्रिय खोप अभियान संस्था गाभीले नेपालका लागि अति सस्तोमा खोप उपलब्ध गराएकाले सो उमेर समूहमा परेका सबै किशोरीलाई दिन सम्भव भएको डा. गौतमले बताए।गत वर्ष दिइएको एचपिभी भाइरसविरुद्धको खोप दुई डोजको थियो भने यो वर्ष एक डोजले मात्र पुग्ने खोप निर्माण भई आएकाले एक डोज मात्र दिइनेछ।

अर्को वर्षदेखि पाठेघरको क्यान्सरविरुद्धको खोप पनि अन्य खोपजस्तै नियमित र निःशुल्क हुने डा. गौतमले जानकारी दिए। ‘धेरैलाई समेट्ने गरी यो वर्ष १० देखि १४ वर्षभित्रका बालिका तथा किशोरीलाई खोप दिन लागिएको हो। उनका अनुसार खोप लिने उमेर समूहका सबै किशोरीलाई खोप दिन विभिन्न चरणमा अभियान चलाउने तयारी भएको छ। जसअनुसार ६ देखि १० कक्षासम्मका किशोरीका बीचमा र अर्को वर्षदेखि ६ कक्षाका किशोरीलाई मात्र अभियानमा सहभागी गर्ने लक्ष्य छ।

धेरै देशमा अहिले पनि नियमित खोप सञ्चालन भएको छैन। नेपालले भने यो खोप गाभीसँगको संलग्नताका कारण सहज तरिकाले पाउन सम्भव भएको गौतमले जानकारी दिए। केही विकसित मुलुकले यो खोप आफ्ना नागरिकको हकमा नियमित प्रदान गर्न सफल भएका र विश्वका धेरै मुलुक भने अहिले पनि यो खोपबाट वञ्चित भएको डा. गौतमले बताए।

नेपाल सरकारको विशेष अभियानका कारण उपलब्ध भएको उनको भनाइ छ। खरिद प्रक्रियामा लिँदा अत्यन्त महँगो पर्न आउने उनले बताए।

प्रतिभाइल खोपको मूल्य पाँच हजार पाँच सय रुपैयाँ पर्छ। गाभीको नेपालका लागि ०.३ डलरबराबरको लगानी रहेको छ। खोप अभियानसहित यो खोप कार्यक्रमका लागि करिब दुई अर्ब लगानी लाग्ने डा. गौतमको भनाइ छ।

नेपाल सरकारले गत आवमा पनि महँगोमा खरिद गरी किशोरीहरूलाई सीमित संख्यामा खोप दिएको थियो। सबै किशोरीलाई खोप अभियानमा संलग्न गराउने कार्यक्रमसँगै ह्युमन पेपिलोमा भाइरसको कारणले हुने पाठेघरको मुखको क्यान्सर कम हुँदै जाने अपेक्षा लिएको डा. गौतमले बताए। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार