कार्तिक ११, २०८३ बुधबार October 28, 2026

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर (दाङ), ९ कात्तिकः तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार हाल माविका लागि एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ । हामीले व्यवस्थापन सङ्काय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ । एक राहत र एक जनामात्र स्थायी हुनुहुन्छ, हामीले निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।

निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । निजी शिक्षकलाई आंशिक रूपमा राखिएको छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब दिने गरिएको उहाँले बताउनुभयो । निजी शिक्षकको तलबमा वार्षिक रु पाँच लाख घाटा भएको उहाँले गुनासो गर्नुभयो । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको तर सुनुवाइ नभएको उहाँको दुखेसो छ ।

गरिब, पिछडिएका वर्ग र द्वन्दपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पढाइने यो विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको चीन भ्रमण स्थगितपछि महामन्त्री आचार्यको नेतृत्वमा टोली जाने तयारी
२०८३ कार्तिक १०, मंगलबार
Bhotekoshi flood caused loss of Rs 79.17B in private households, business
२०८३ कार्तिक १०, मंगलबार
मोजतबा खानेईसँग दुई पटक भेटेको इरानी राष्ट्रपतिको भनाइ, सभामुखले पनि स्वास्थ्यबारे दिए जानकारी
२०८३ कार्तिक १०, मंगलबार
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण
२०८३ कार्तिक १०, मंगलबार
एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
२०८३ कार्तिक १०, मंगलबार
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
२०८३ कार्तिक १०, मंगलबार