श्रावण २४, २०८३ आइतबार August 9, 2026

लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, १० कात्तिकः लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताउनुभयो । कैलालीमा १० र बाँकेमा १० गरी २० जनाको प्राविधिक टोलीले ६० वडाबाट क्युलेक्स क्विनकिफेसिएटस नामक हात्तीपाइले सार्ने १८ हजार नौ सय ६९ लामखुट्टे सङ्कलनको कार्य गरेको अधिकृत जोशीले बताउनुभयो । उहाँका अनुसार कैलालीमा ‘लाइट ट्र्याप’को माध्यमबाट तीन हजार ९७ र ‘माउथ एस्पिरेटर’को माध्यमबाट छ हजार सात सय नौ लामखुट्टे सङकलन भएका छन् ।

यसैगरी, बाँकेबाट लाइट ट्र्यापको माध्यमबाट एक हजार ६ सय ९९ र माउथ एस्पिरेटरको माध्यमबाट सात हजार चार सय ६४ लामखुट्टे सङ्कलन भएका छन् । गत भदौ ४ देखि असोज १० गतेसम्म प्राविधिक टोलीले लामखुट्टे सङ्कलनको कार्य गरेका हुन् । “लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालामा पिसिआर प्रविधिबाट परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “परीक्षणको नतिजाका आधारमा हात्तीपाइले निवारणका लागि आगामी योजना तयार गरिनेछ, लामखुट्टेको सङ्क्रमण दर पनि पत्ता लाग्छ ।” मानिसमा मात्र सङ्क्रमण कम भएर रोग निवारणको लक्ष्य हासिल नहुने भएकाले रोग प्रभावित जिल्लामा रोग सार्ने लामखुट्टेमा सङ्क्रमण शून्य दशमलव शून्य २५ प्रतिशतभन्दा कम हुनुपर्ने उहाँको भनाइ रहेको छ ।

हात्तीपाइले निवारणका लागि मानिसमा सङ्क्रमण दर एन्टिजेनमा एक प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियामा दुई प्रतिशतभन्दा कम हुनुपर्छ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले कार्यक्रमका स्रोत व्यक्ति रामकुमार महतोका अनुसार लामखुट्टेमा सङ्क्रमण दर पत्ता लगाउन मोलिक्युलर झेनोममोनिटरिङ सर्भे र मानिसमा सङ्क्रमण दर पत्ता लगाउनका लागि आइडिए इम्प्याक्ट सर्र्भे गरिन्छ । त्यसअन्तर्गत आइभर्मेक्टिन डाइइथाइल कार्बामाइजिन साइट्रेट र अल्बेन्डाजोल नामक तीन औषधि खुवाई सकेपछि प्रभावका आधारमा अध्ययनको कार्य गरिन्छ ।

सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ । हात्तीपाइले रोगबाट नेपालको ६४ जिल्ला प्रभावित रहेका छन् । प्रभावित जिल्लामा बसोबास गर्ने सबै मानिसलाई वर्षमा एकचोटि आम औषधि अभियान सञ्चालन गरेर सबै मानिसलाई औषधि खुवाउने गरी सन् २००३ देखि कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

आम औषधि सेवन अभियान कार्यक्रम प्रभावित जिल्लामा कम्तीमा छ वर्षसम्म सञ्चालन गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको महतोको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले नै सिफारिस गरेको औषाधि सेवन गरेर हात्तीपाइले रोग निवारणको लक्ष्य पूरा हुने बताइएको छ ।

आम औषधि सेवन अभियान सम्पन्न भइसकेका जिल्लामा सङ्क्रमण दर घटेको छ कि छैन भन्ने कुराको जानकारी हासिल गर्न सर्भेक्षणको कार्य हुन्छ । सर्भेक्षणका क्रममा छदेखि सात वर्ष उमेर समूहका बालबालिकामा हात्तीपाइले रोगको एन्टिजेन दुई प्रतिशतभन्दा कम हुनुपर्ने र २० वर्षमाथिका मानिसमा हात्तीपाइले रोगको माइक्रो फाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम हुनुपर्छ ।

एन्टिजेन जाँचमा दुई प्रतिशतभन्दा कम र माइक्रोफाइलेरियाको सङ्क्रमण एक प्रतिशतभन्दा कम भएमा मात्र हात्तीपाइले रोग निवारणको लक्ष्य हासिल भएको मानिन्छ । लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण दर पत्ता लगाउन कैलाली र बाँकेमा देशमै पहिलोपटक अध्ययन–अनुसन्धानको कार्य भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार