बैसाख ६, २०८२ शनिबार April 19, 2025

जङ्गली च्याउको तरकारी खाएका एकैघरका ५ जना बिरामी

बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् ।

गएराति धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी पकाएर खाएका उनीहरुमा बान्ता हुने, रिङ्गाटा लाग्ने जस्ता लक्षण देखिएको छ । च्याउ खाँदा बाबुलाल राजवंशी, रनमाया राजवंशी, धनमाया राजवंशी, मदन राजवंशी र रिदिमा राजवंशी बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिरामी परेका सबैको चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
२०८२ बैसाख ६, शनिबार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : अध्यक्ष दाहाल
२०८२ बैसाख ६, शनिबार
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
२०८२ बैसाख ६, शनिबार
सत्ता साझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति
२०८२ बैसाख ६, शनिबार
सलमानको ‘सिकिन्दर’ लाई धुलो चुटाउने मोहनलालको फिल्म अब ओटिटीमा
२०८२ बैसाख ६, शनिबार
ताइवानी सेनामा चिनियाँ जासुसको रहस्योदघाटन, उडन सकेनन् लडाकु बिमान पनि
२०८२ बैसाख ६, शनिबार
रुपन्देहीमा एक महिलामाथि गोली प्रहार
२०८२ बैसाख ६, शनिबार