श्रावण २४, २०८३ आइतबार August 9, 2026

नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घोडाघोडी (कैलाली), १३ कात्तिकः घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई सहज भएको हो ।

आफ्नै गाउँघरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीयलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । बिरामी हुँदा टाढा जानुपर्ने बाध्यता हटेपछि समय र पैसा पनि बचत भएको घोडाघोडी–६ का कृष्णबहादुर विकले बताउनुभयो । “आफ्नै गाउँ नजिकै धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “अब धनगढी, नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हट्यो ।”

कम लागतमा सबै खालका सेवा स्थानीय स्तरमा पाएकामा देवसिंह विष्टले खसी व्यक्त गर्नुभयो । “पहिले उपचार गर्नका लागि टाढा जानुपथ्यो”, उहाँले भन्नुभयो, “उपचार गर्न टाढा जाँदा गाडी भाडामै धेरै खर्च हुन्थ्यो, अब भने सहज भएको छ ।”

नगर अस्पतालमा सर्पदंश, रेविज, प्रयोगशाला, प्रसूतिलगायत आकस्मिक सेवा सञ्चालन भइरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अस्पतालमा तीनजना एमबिबिएस डाक्टरसहित नर्सिङ हेल्थ असिस्टेन्ट, नर्स, अहेव, अनमी, रेडियोग्राफर, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र नगर एम्बुलेन्ससहितको सेवा सञ्चालनमा रहेको छ ।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सकसहित १५ शय्याको सेवा सञ्चालन भएपछि बिरामीको चाप बढ्दै गएको नगर अस्पतालका चिकित्सक सरोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दैनिक ५० देखि एक सय जनासम्म बहिरङ्ग (ओपिडी) मा सेवा लिन आउने गरेका छन् । नगर अस्पतालमा स्वास्थ्य बिमा पनि सुरु गरिएो भन्दै सोही कारण बिरामीको सङ््ख्या पनि बढेको उहाँले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गर्नुभएको थियो ।

सोहीअनुरूप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा पनि १५ श्ययाको नगर अस्पताल बनाउने निर्णय भएको थियो । अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भएर निर्माणको काम अघि बढाइएको थियो । जमिनको भोगाधिकारका कारण भवनको जगमात्रै बनेर रोकिएको छ ।

भवन निर्माण रोकिए पनि साडेपानी स्वास्थ्यचौकीको भवनमार्फत सेवा दिइरहेको घोडाघोडी नगपालिकाका प्रमुख खड्कबहादुर रावतले बताउनुभयो “यहाँका जनतालाई सहज स्वास्थ्य सेवा पहुँच पु¥याउने नगरको पहिलो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो, “नगर अस्पतालबाट सेवा पाउँदा स्थानीयलाई सहज भएको छ ।” उहाँका अनुसार चाँडै अलपत्र रहेको निर्माणाधीन नगर अस्पतालको भवन सम्पन्न गरी थप सेवासमेत विस्तार हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
२०८३ श्रावण २४, आइतबार