असार २५, २०८२ बुधबार July 9, 2025

दिल्लीमा तीव्र वायु प्रदूषण

आया नगर र नयाँ दिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, कात्तिक १४ गते । दीपावलीको पूर्व सन्ध्यामा प्रदूषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।

आनन्द विहारमा, बिहान सात बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ । आया नगर र नयाँ दिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड गरिएको छ । यो ‘निकै खराब’ मानिन्छ ।

प्रदूषणको स्तर उच्च रहेकाले कालिन्दी कुन्जको यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको थियो । यसैबिच, मुम्बईको बान्द्रा रिक्लेमेसन क्षेत्रमा हावाको गुणस्तर ‘मध्यम’ रहेको छ ।

यसैबिच, भारतीय जनता पार्टी (भाजपा) दिल्लीका नेताहरूले सोमबार पन्जाबमा पराल जलाउने १०८ वटा घटना दर्ता भएको रिपोर्ट गरेका थिए भने उनीहरूले वायु प्रदूषणको चिन्तालाई लिएर पन्जाबका मुख्यमन्त्री भगवन्त मानविरुद्ध विरोध प्रदर्शनसमेत गरेका थिए ।

हाल विश्वको बढी प्रदूषित राजधानीमध्ये एक दिल्लीमा पछिल्ला वर्षहरूमा वायु प्रदूषण बढ्दै गएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार