भाद्र ११, २०८३ बिहिबार August 27, 2026

नेकपा स्थायी कमिटि बैठक साउन ४ गतेसम्मका लागि स्थागित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा स्थायी कमिटि बैठक आगामी साउन ४ गते ३ बजेसम्मका लागि स्थागित भएको छ । अध्यक्षद्वयबीच छलफलका लागि समय नपुगेको भन्दै बैठक स्थगित भएको हो । यसअघी स्थायी समितिको बैठक आज शुक्रबार दिउँसो ३ बजेका लागि तोकिएको थियो ।

नेकपामा देखिएको आन्तरिक विवाद समाधानका लागि आज पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा कुनै सहमती हुन नसकेपछि स्थायी कमिटी बैठक पुनः स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै ‘पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते ३ बजे हुनेगरी तोकिएको छ’ भन्दै जानकारी गराएका छन् ।

अधिकांश स्थायी समिति सदस्यहरु बैठकका लागि बालुवाटार पुगिसकेको अवस्थामा अध्यक्षद्वयबीच थप छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिनुपर्ने माग स्थायी समितिमा उठेपछि बैठक स्थगित हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार