भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

किसुनजीको आदर्श जीवनबाट पाठ सिक्नुपर्छ ः वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृष्णप्रसाद भट्टराईको राजनीतिक जीवनबाट काङ्ग्रेसले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

किसुनजी अध्ययन केन्द्रले काङ्ग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘मैले चिनेको किसुनजी’ विषयक कार्यक्रममा उहाँले नेता भट्टराई आफ्नो आदर्शबाट कहिल्यै विचलित नहुने नेता हुनुहुन्थ्यो भन्नुभयो ।“सत्याग्रही नेता किसुनजीले राजनीतिमा विशिष्ट स्थान बनाउनुभएको थियो,”उहाँलेभन्नुभयो ।

नेता पौडेलले बहुदलको स्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउँदै

प्रधानमन्त्री हुँदा पनि सत्ताको दुरुपयोग नगर्ने र लपनछपन नभएको व्यक्ति भट्टराई भएकोबताउनुभयो । किसुनजी पार्टी सभापति हुँदा दुःख गरेका व्यक्तिलाई वरिष्ठता हेरेर जिम्मेजारी दिने गरेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस नेता प्रदीप गिरीले पार्टीलाई शीरमा राखेर गर्ने नेता स्व भट्टराई भएको बताउनुभयो । “अहिले म भइन भने पार्टी चल्दैन भन्ने प्रवृत्तिकाङ्ग्रेसका नेताहरुमा छ, किसुनजी पार्टी भएन भने मेरो अस्तित्व छैन भन्ने व्यक्तिहुनुहुन्थ्यो,”उहाँले भन्नुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक रुपमा मुलुकभर चर्चा भएपनि किसुनजी असल र इमान्दार नेता भएको उहाँले बताउनुभयो । “किसुनजी कार्यकर्तालाई माया गर्नुहुन्थ्यो, पार्टीभित्र दुःख गरेका व्यक्तिलाई उचित पद दिनुहुन्थ्यो,” गिरीले भन्नुभयो । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले किसुनजीमा आर्थिक पारदर्शीता भएको

बताउनुभयो । “नैतीक मूल्य मान्यतामा किसुनजी बस्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । सांसदनरोत्तम वैद्यले बहुदल पुनस्थापनामा किसुनजीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले किसुनजी पार्टीको नीति विपरीत नजाने व्यक्तिभएको बताउनुभयो । “किसुनजी आफैँलाई धेरै पत्रकारिताको ज्ञान भएकाले पत्रकारको समस्यासजिलै बुझ्नुहुन्थ्यो,”उहाँले भन्नुभयो । केन्द्रका अध्यक्ष अविनाश सिलवालले किसुनजीबारेखोज तथा अध्ययन गर्न केन्द्र गठन गरेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार