श्रावण २५, २०८३ सोमबार August 10, 2026

डाँडाफयाँ गाउँका जुमा र झोपा बिरामी पर्न थाले

अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न पनि समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), २० कात्तिक । सिमकोट गाउँपालिका–७ डाँडाफयाँका पशुवस्तुमा अज्ञात रोगको सङ्क्रमण देखिएको छ । केही दिनयतादेखि डाँडाफयाँ, थाया, जबुका गाउँलगायतका चौपायमा अज्ञात रोग देखिन थालेको स्थानीयले बताएका छन् ।

यहाँका जुमा र झोपाले घाँस नखाने, र्याल काढ्नेलगायत रोग देखिन थालेको स्थानीय डबल सिंहले बताउनुभयो । आफ्नालगायत अन्य जुमा, झोपा पुशमा यस्तो लक्षण देखिएको उहाँले बताउनुभयो । हालसम्म दुईवटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय रु ८० हजारसम्म पर्ने गरेको छ । खेत जोत्नका लागि पालिएका झोपा अज्ञात रोगले मरेपछि ठूलो नोक्सानी हुने यहाँका किसानले गुनासो पोखेका छन् ।

अज्ञात रोगले झोपा मर्न थालेपछि धनजनको क्षति हुनुका साथै खेत जोत्न पनि समस्या हुने सिंहको गुनासो छ । तिहार बिदा भए पनि सोमबार पशु अस्पताल तथा पशु सेवा कार्यालय सिमकोट पुगेर औषधि लिएर आएको उहाँले बताउनुभयो ।

डाडाफयाँमा फैलिएको अज्ञात रोगका विषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी लिँदा पशुवस्तुमा लागेको रोग प्रष्ट पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । तिहार बिदामा पनि कार्यालयमा औषधि माग्न पुगेका किसानले भनेका आधारमा औषधि पठाएको पशु अस्पतालका निमित्त प्रमुख कृष्ण रोकायाले बताउनुभयो । बिदाको समय भए पनि किसान औषधि माग्न पुगेपछि आफूले औषधि दिएर पठाएको निमित्त कार्यालय प्रमुख रोकायाले बताउनुभयो । गाउँमा रोग फैलिए पनि बिदाको समय भएकाले कुन रोग देखिएको हो प्रष्ट हुन नसकेको बताइएको छ ।

निमित्त कार्यालय प्रमुख रोकायाका अनुसार किसानले पशुवस्तुमा देखिएको रोगको उपचारका लागि प्राविधिक खटाइदिन आग्रह गर्न सिमकोट गाउँपालिकामा जानुपर्ने बताउनुभयो । पशु कार्यालयमा त्यत्ति धेरै बजेट नहुने भएकाले पछिल्ला वर्षमा औषधि खरिदलगायत सबै बजेट पालिकामा जाने भएकाले प्राविधिक र औषधि मागका लागि किसान गाउँपालिका जानुपर्ने उहाँले बताउनुभयो ।

पशुवस्तुमा देखिएको रोग र औषधिको अवस्थाबारे गाउँपालिका पशु शाखामा बुझ्न खोज्दा सम्पर्क हुन नसकेको हो । पालिकाभित्रका पशुवस्तुमा देखिने रोग र रोकथामका साथै पशु क्षेत्रमा सिमकोटले बजेट छुट्याए पनि यहाँका किसानले बर्सेनि पशुवस्तुमा देखिने विभिन्न रोगले पशु मर्दा नोक्सानी व्यहोर्दै आएका छन् । अहिलेसम्म औषधिसमेत गाउँपालिकाबाट नपाएको गुनासो गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार