श्रावण २५, २०८३ सोमबार August 10, 2026

सिकलसेल रोगको उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने

मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० कात्तिकः सरकारले सिकलसेल उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको उक्त रोगको उपचारका लागि छुट्टै वार्डको स्थापना गरिने निर्णय गर्नुभएको हो । उहाँले मन्त्रिस्तरीय निर्णय गरेअनुसार भेरी अस्पतालमा ‘हेमोग्लोविनोप्याथी’ वार्ड स्थापना हुने भएको हो ।

थारु बहुल क्षेत्र र समुदायलाई पायकपर्ने गरी उक्त अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट उक्त समुदायका करिब १२ प्रतिशत नागरिक प्रभावित भएको मन्त्रालयको आँकलन छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत भू–भागमा बसोबास गर्ने थारु समुदायका नागरिक सिकलसेल एनिमियाबाट बढी प्रभावित भएको पाइएको छ ।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाबमोजिम हाल सरकारले यस रोगको उपचारका लागि रु एक लाखसम्म निःशुल्क खर्चको व्यवस्था गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार