मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव

अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएकाे छ ।

अस्पतालमा रहेको अक्सिजन प्लान्टमा समस्या आएपछि अक्सिजन अभाव भएकाे हाे । अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएकाे छ ।

भदौ महिनामा अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन बिग्रिएपछि असोज २० गते मर्मत गरेर अक्सिजन सेवा पुनः सुरु गरेपनि २ दिनपछि फेरि समस्या आएर करिब २ महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्टमा खरावी आएपछि जिल्ला अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका छन् । अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अक्सिजन प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पाटपुर्जा नेपालमा नपाइने भएकाले समय लागेकाे बताए ।

उनले पाटपुर्जा चिनबाट माग गरिएकाले अवको एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर संचालनमा आउने बताए ।

उनका अनुसार चिनबाट साम्रगी ल्याउनुपर्दा मर्मतमा ढिलाई भएको हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया