जेठ २२, २०८३ शुक्रबार June 5, 2026

सुदूरपश्चिममा थप ८ जना कोरोनाका नयाँ विमारी थपिएः संक्रमितको संख्या ४ हजार १७ पुग्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जना रहेका छन्।

संक्रमित हुनेमा धनगढी उपमहानगर-१४ का २४ र १९ वर्षीया २ महिला, वडा नम्बर १५ का २४ र २८ वर्षीया २ महिला रहेका छन्। यस्तै वडा नम्बर १८ का ४८ र ४५ वर्षीय २ पुरुष र वडा नम्बर १ का २२ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-५ का ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा २ सय ३७ नमुनाहरु परीक्षण गरिएको र तीमध्ये ८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार १७ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार