श्रावण २४, २०८३ आइतबार August 9, 2026

तीनजना चिकित्सक प्रहरी नियन्त्रणमा

उपचारका क्रममा लापर्बाही गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ कात्तिक । डोटीको दिपायल सिलगढी नगरपालिका-४, राजपुरमा रहेको सुजङ्ग अस्पतालमा हात भाँचिएकी बालिकाको उपचार गर्ने क्रममा ज्यान गएको छ। उपचारका क्रममा लापर्बाही गरेको आरोपमा प्रहरीले तीन चिकित्सकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले उपलब्ध गराएको सूचना अनुसार दिपायल सिलगढी नगरपालिका-३, दिपायलका लोकेन्द्र भुलकी नौ वर्षीय छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँचिई उपचारका लागि सुजङ्ग अस्पतालमा भर्ना गरिएकोमा बुधबार साँझ अपरेसन गर्ने क्रममा औषधीको प्रभावले उहाँको मृत्यु भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया