श्रावण २५, २०८३ सोमबार August 10, 2026

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ५८ जना दीक्षित हुँदै

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो ।

दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा.अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा.डबलबहादुर धामीले बताए ।

उनले भने, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।”

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार
प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
२०८३ श्रावण २५, सोमबार