असार २०, २०८२ शुक्रबार July 4, 2025

कालोपत्रे गरेको दुई रात नटिकेपछि भुक्तानी रोक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षासंगै हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।

पासाङल्हामु सडकको त्रिशूली कालिकास्थान सडकखण्ड अन्तर्गतको कालिकास्थान बजार क्षेत्रमा जानुकादेवी कन्स्ट्रक्सनले काम गर्ने जिम्मा पाएको थियो । वर्षात्को समयमा हतारोमा झारा टार्नेजस्तो काम भयो, कालिका गाउँपालिका-२ का नागरिक अगुवा झङ्कनाथ न्यौपानेले भने, कालिकास्थान बजारजस्तो ठाउँमा पनि सडक पिच गरेको दुई दिन टिकेन भने अन्यत्र के होला ?

जानुकादेवी कन्स्ट्रक्सनले १९ स्क्वायर मिटर सडक मर्मतको जिम्मा पाए पनि काम पूरा नगरेकाले भुक्तानी रोकेको सडक विभाग नुवाकोटले जनाएको छ । छ महिना अगाडि नै टेन्डर भए पनि ठेकेदारले समयमा काम नथालेकाले वर्षात्को समयमा काम गर्दा कालोपत्रे उप्केको सडक विभागका इन्जिनियर राजेन्द्र श्रेष्ठले बताए ।

कालिकास्थानको गन्तव्य पेट्रोल पम्पनजिकै नाली र ह्युमपाइप नभएकाले पनि समस्या भयो, सडक पिच उप्केको हो, अब सडक विभागले मर्मत गर्छ, श्रेष्ठले बताए । सडक विभागले उत्तरगया कन्स्ट्रक्सनका घनबहादुर गुरुङ र जानुकादेवी कन्स्ट्रक्सनका लेखनाथ अधिकारीलाई सो सडक मर्मतको काम जिम्मा दिएको थियो । लागत ईस्टिमेटअनुसार काम नगरेकाले भुक्तानी रोकेको सडक विभागले जनाएको यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार