मंग्सिर १, २०८२ सोमबार November 17, 2025

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा कर्मचारी तथा विद्यार्थीहरु अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्ला, ८ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ । यही मङ्सिर ६ गतेदेखि सुरु भएको कार्यक्रम मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा जिल्लाका १२ वर्ष उमेर माथिका, खोप लगाउन छुटेकालाई जनस्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मी वडावडामा गएर खोप लगाउने जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अहेव राजु रावतले जानकारी दिनुभयो । तीन जना स्वास्थ्यकर्मीसहित प्रत्येक वडामा स्वयम्सेविका परिचालन गरिएको उहाँले बताउनुभयो ।
हवाई टिकट नपाउँदा यात्रु अलपत्र
जिल्लामा बाहिरबाट आएका कर्मचारी तथा विद्यार्थीहरु हवाई टिकट नपाएपछि सिमकोट उड्डयन कार्यालयमा अलपत्र परेका छन् । सीता एयरलाइन्सले तीन उडान गरे पनि चाडपर्वमा गृह जिल्ला आएकाहरु गन्तव्यतर्फ फर्कन थालेपछि हवाई टिकट अभाव भएको हो ।
नाम्खा गाउँपालिका–६ यारी घर भई उपचारका लागि काठमाडौँ जान लाग्नुभएका रिङ्जिन लामाले सात दिनसम्म कुर्दा पनि टिकट नपाएको गुनासो गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
२०८२ मंग्सिर १, सोमबार