कार्तिक ४, २०८३ बुधबार October 21, 2026

कक्षा ११ को परीक्षा र मार्कसिट विद्यालयबाटै दिईने, कार्यविधि केहिबेरमा सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्ने छ ।कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्वयस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको छ–बोर्डका उच्चस्रोतले न्युज अफ नेपालसंग भन्यो । कक्षा ११ कोप्रयोगात्मक परीक्षा समेत विद्यालयलेनै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ ।

यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ । कार्यविधिमा गत वर्षको पुरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । बोर्डको आज ४ बजे बस्ने बैठकले कार्यविधि पारित गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङकपत्र दिइनेछ । बोर्डले केही दिनअघि सबै सदस्यलाई ड्राफ्ट उपलब्ध गराइसकेको छ । सोको आधारमा छलफल गरी आजै पारित हुनेछ–स्रोतले भन्यो ।कार्यविधि पारित भएसंगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ ।

११ को कार्यविधि पारित भएपछि कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक गर्ने गृहकार्य शुरु गर्नेछ । त्यसको लागि विज्ञ र सरोकारवाला निकायसंग छलफल गरिरहेको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बडादसैँले राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउनेछः मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक ४, बुधबार
उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
२०८३ कार्तिक ४, बुधबार
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार