भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

१३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट युएईमा आयोजना हुने भएको छ । आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३ औं संस्करणको आईपीएल युएईमा हुने पुस्टि गरेका छन् ।

भारतको न्युज एजेन्सी पिटीआईसँग कुरा गर्दै पटेलले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको बताए । पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुने समेत बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो ।यस अघि सन् २०१४ को सिजन पनि युएईमा आयोजना गरिएको थियो । भारतको निर्वाचनको कारण त्यस संस्करण युएईमा आयोजना गरिएको थियो ।

यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।यस अघि आईपीएल मार्च २९ बाट हुने तालिका रहेको थियो ।त्यसपछि कोरोना भाईरसको महामारीको कारण १८ दिन स्थगित गर्दै अप्रिल १५ बाट प्रतियोगिता सुरु गर्ने मिति तय भएको थियो ।

 तर, भारतमा कोरोनाले महामारीको रुप लिएपछि भने प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार